कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र पश्चिमी भूभागका साथै मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।