कोरोना भाइरस संक्रमणबाट पाल्पाका भूपू गोर्खा सैनिकको बेलायतमा मृत्यु

कोरोना भाइरस संक्रमणबाट पाल्पाका भूपू गोर्खा सैनिकको बेलायतमा मृत्यु

कोभिड-१९ बाट लण्डनको न्यू माल्डेनमा बस्दै आएका पूर्वगोर्खा सैनिक ७५ वर्षीय धनवीर थापामगरको मृत्यु भएको छ। श्‍वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ४ दिनअघि  किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

थापालाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो। पाल्पा स्थायी घर भएका उनी पछि बुटवल सरेका थिए।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचापका बिरामी रहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले बताए। अनुसार सन् २००९ देखि उनी श्रीमतीसहित बेलायतमा बस्दै आएका थिए।