कोरोना महामारी बढ्दै गएपछि जापानले गर्‍याे देशव्यापी आपतकाल घोषणा

कोरोना महामारी बढ्दै गएपछि जापानले गर्‍याे देशव्यापी आपतकाल घोषणा

कोरोना महामारी बढ्दै गएपछि जापानले देशव्यापी आपतकाल घोषणा गरेको छ। यो आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले जनाएको छ।

यो निर्णयसँगै अब गभर्नरहरूले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन्। तर यसका लागि बाध्यकारी कानुन लाग्ुन गर्न वा सजाय व्यवस्था गर्न भने पाउने छैनन्।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका ७ क्षेत्रमा मात्र आपतकाल घोषणा गरेका थिए।जापानमा हालसम्म कोरोनाबाट १ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ।