उद्योग बाणिज्य संघका अध्यक्ष मल्लले गरे वेदकोट नगरपालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

उद्योग बाणिज्य संघका अध्यक्ष मल्लले  गरे  वेदकोट नगरपालिकाको विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग

कंचनपुर : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वेदकोट नगरपालिकालाई उद्योग बाणिज्य संघ कंचनपुरका  अध्यक्ष जंगबहादुर मल्लले आर्थिक सहयोग गरेका छ्न ।   वेदकोट नगरपालिकाको विपद व्यवस्थापन कोषलाई  उनले आफ्नो व्यक्तिगत तर्फबाट रु.५१ हजार रकम बराबरको चेक हस्तान्तरण गरेका हुन।
शुक्रवार  अध्यक्ष मल्लले नगर प्रमुख अशोक कुमार चन्दलाई रु.५१ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छ्न ।
 कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित भइरहेको बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको अध्यक्ष मल्लले बताए  ।

नगर प्रमुख चन्दले उक्त चेक ग्रहण गर्दै  कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा उनले गरेको सहयोग प्रति आभार व्यक्त गरेका छ्न। कोरोना भाइरस संक्रमण र रोकथामका लागि आ-आफ्नो क्षेत्रमा सचेत र सतर्क रहि कोरोना संक्रमण तथा रोकथाम अभियानलाइ सफल पार्न  सहयोग   पुुर्याइदिनहुन अध्यक्ष मल्लले सबैसंग अनुरोध समेत  गरेका छ्न ।

 अध्यक्ष मल्लले केही दिन अघि मात्रै  देशभर लागू भएको लकडाउनका कारण काठमाण्डौको किर्तिपुरमा खाद्यान्नको अभाव भइ समस्यामा रहेका ५० जना विद्यार्थीहरुको लागि खाद्यान्नको व्यवस्था गरेका थिए ।  
राष्ट्र संकटमा परेको बेला सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने हरेक नागरिकको कर्तव्य रहेको र यस्तो अवस्थामा हरेकले एकजुट भइ अघि बढ्नु पर्ने समेत उद्योग बाणिज्य संघका अध्यक्ष मल्लले बताए ।