कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ?

कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ?

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । विहीवार रातिसम्म यो आकडा १३ हजारमा पुगेको थियो । जसमध्ये १७४९ बिरामी ठिक भएका छन् । त्यस्तै ४३७ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाका कारण २१ लाख ८२ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

भारतमा महाराष्ट्रमा सबैभन्दा धेरै १९४ जनाले ज्यान गुमाएका छन् जहाँ ३ हजार २ सय भन्दा धेरै संक्रमित रहेको नवभारत टाइम्सले जनाएको छ ।

दिल्लीमा ८३ जनाले ज्यान गुमाएका छन् त्यहाँ १ हजार ६ सय ४० जनामा संक्रमण देखिएको छ भने गुजरातमा ३६ जनाले ज्यान गुमाएका छन् ।

भारतको कुन राज्यमा कति जनाको मृत्यु ?