वन्यजीवको मासुमा कडा रुपले प्रतिबन्ध लगाउन डब्लुएचओको अपिल

वन्यजीवको मासुमा कडा रुपले प्रतिबन्ध लगाउन डब्लुएचओको अपिल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वन्यजीवको मासुमा कडा रुपले प्रतिबन्ध लगाउन सबै देशलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहनाम गिब्रीयसीसले सबै देशका सरकारलाई अपिल गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर राख्दै वन्यजीवको मासुमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका हुन् ।

अहिलेसम्म कोरोनाको संक्रमण चीनको वुहानको सीफूड बजारबाट भएको विश्वास गरिएको छ । गिब्रियससले जुन बजारमा जीवित जनावरको विक्री हुन्छ ति बजारमा आवश्यक गुणस्तरको अनुमति लिएर मात्र गर्न आग्रह गरेका छन् ।

उनले यी बजार अधिकांशका लागि महत्वपूर्ण छ तर गुणस्तर र स्वच्छताका अभावका कारण यस्ता रोग आउनेल हुनाले सावधानी अपनाउन अपिल गरेका छन् ।

साथै गिब्रियससले सबै नयाँ भाइरस ७० प्रतिशत जनावरबाट आएको बताउदै अहिले जनावरबाट मानिसमा सार्ने भाइरसको संक्रमणलाई अझै सहि ढंगले बुझ्ने प्रयास गरेको बताएका छन् ।