कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको स‌ंख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ ।

संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ६ हजार ९६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ हजार ८१२ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ । ९४ हजार ८६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।