राष्ट्रपति ट्रम्प लकडाउन खुलाउने तयारीमा

राष्ट्रपति ट्रम्प लकडाउन खुलाउने तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खुलाउने तयारीमा छन् । वासिङ्टनस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीबार नियमित कार्यक्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको आक्रामक रणनीतिले काम गरिरहेकाले छिट्टै लकडाउन खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् । यसका लागि सम्बन्धित राज्यका गभर्नरसँग छलफल भइरहेको राष्ट्रपति ट्रम्पले बताए । 

अमेरिकामा छिट्टै लकडाउन समाप्त हुने ट्रम्पले बताए पनि यहाँ कोरोना भाइरस नियन्त्रणमा आएको छैन । बिहीबार मात्र अमेरिकामा थप ३० हजार व्यक्ति संक्रमित भएको जनाइएको छ । होपकिंग्स विश्व विद्यालयका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा २६ सय व्यक्तिले ज्यान गुमाए ।

यहाँ ६ लाख ४४ हजार ८९ जना संक्रमित भएका छन् । अमेरिकामा भाइरसबाट २८ हजार ५ सय २९ व्यक्तिको निधन भएको छ ।