कोरोना भाइरसले अमेरिकामा ३१ हजार ११७ को मृत्यु

कोरोना भाइरसले अमेरिकामा ३१ हजार ११७ को मृत्यु

साढे ३ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर ३१ बाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।