जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजारभन्दा धेरै

जर्मनीमा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजारभन्दा धेरै

जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४१ हजार ३९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म जर्मनीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३५२ पुगेको छ । २४ घण्टाको अवधिमा मात्र ३ सय जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ८३ हजार ११४ उपचारपछि निको भएर फर्केका छन् । ५३ हजार ९३१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५ हजार १३ जनाको अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।