भारतले विकास गर्‍यो १० मिनेटमा नतिजा दिने टेस्ट किट, मूल्य कति ?

भारतले विकास गर्‍यो १० मिनेटमा नतिजा दिने टेस्ट किट, मूल्य कति ?

भारतले कोभिड-१९ को परीक्षण गर्ने पहिलो भारतीय किट विकास गरेको छ । यसले १० मिनेटमा परीक्षण गरेर नतिजा दिनसक्ने दावी गरिएको छ ।

यो परीक्षणभन्दा पहिला स्क्रिनिङको आवश्यकता पर्दैन । यसलाई अनुमतिको लागि आईसीएमआर समक्ष पठाइएको भए पनि अहिलेसम्म त्यहाँबाट मान्यता प्राप्त भने भइसकेको छैन ।

अहिलेसम्म भारतको मान्यताप्राप्त विशेष सरकारी वा निजी ल्याबमा पीसीआर प्रविधिको माध्यमबाट कोभिड-१९ को परीक्षण भइरहेको छ । यो परीक्षण गर्दा एउटा परीक्षण गर्दा ४ हजार खर्च हुन्छ ।

भारतको विज्ञान तथा प्रविधि विभागसँग जोडिएको तिरुवनम्तपुरमको संस्था श्रीचित्रा इन्स्टिच्यूट फर मेडिकल साइन्स एण्ड टेक्नोलोजीले तीन हप्तामा कोभिड-१९ को परीक्षण गर्ने किट विकास गरेको हो । यसले सार्स कोव-२ को एन-जीनको पहिचान गर्न सक्नेछ ।

डिएसटीका सचिव प्रो. आशुतोष शर्माका अनुसार यो किटले कोभिड-१९ भाइरसलको जिनको दुई भागलाई पहिचान गर्न सक्नेछ । यसबाट जीनको म्युटेशनलाई तत्काल पत्ता लगाउन सकिन्छ ।

यस उपकरणले मान्यता पाएमा आगामी तीन हप्तादेखि एक महिनाभित्र भारतका सबै जिल्ला अस्पतालहरुमा यो किट पुर्‍याइसक्ने कम्पनिले जनाएको छ भने यसको मूल्य झण्डै चार लाख पर्ने बताइएको छ ।