एप्पलको सबैभन्दा सस्तो आइफोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने, मुल्य कति ?

एप्पलको सबैभन्दा सस्तो आइफोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने, मुल्य कति ?

एप्पलले बुधबार आइफोन एसई सार्वजनिक गरेको छ । लामो समय चर्चामा रहेको सस्तो आइफोन एप्पलले बुधबार सार्वजनिक गरेको हो । आइफोन एसईको सुरुवाती मूल्य ३९९ डलर रहेको छ । 

४.७ इन्च रेटिना एचडी डिस्प्ले रहेको यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन ८ जस्तै रहेको छ । यसमा ए १३ बोयोनिक प्रोसेसरको प्रयोग गरिएको छ । जसलाई कम्पनीले फास्टेस्ट स्मार्टफोन चीप भनेर दाबी गरेको छ ।

यो कालो, रातो र सेतो रङमा उपलब्ध रहेको छ । फोनमा होम बटन सहित फास्ट चार्जिङको समेत सुविधा रहेको छ । यसमा ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने एप्पलको भनाई छ । 

यस फोनमा एप्पलले १२ मेगापिक्सेलको सिंगल क्यामेरा राखेको छ ।  जुन क्यामेराले फोर के भिडियो क्याप्चर गर्न सकिन्छ । आइफोन एसईमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । 

यो फोनमा प्रयोकर्ताले एप्पल न्यूज, एप्पल टिभि, एप्पल म्युजिक, आइ क्लाउड, एप्पल पे सहित एप स्टोरमा रहेको सम्पूर्ण एपहरु प्रयोग गर्न पाउने छन् ।

शुक्रबार अर्थात अप्रिल १७ देखि आइफोन एसईको प्रि अर्डर सुरु हुनेछ । यो फोन ६४,१२८ र २५८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुनेछ । यसमा फिंगरप्रिन्ट समेत उपलब्ध रहेको छ ।