कोरोना भाइरसले स्पेनमा २० हजार ६३९ को मृत्यु

कोरोना भाइरसले स्पेनमा २० हजार ६३९ को मृत्यु

झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् ।

उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।