कोरोना रोकथामका लागि राजुदेबी मल्ल मेमोरियल ट्रष्टद्वारा एक लाख १० हजार सहयोग

कोरोना रोकथामका लागि राजुदेबी मल्ल मेमोरियल ट्रष्टद्वारा एक लाख १० हजार सहयोग

कंचनपुर : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कंचनपुरको भिमदत्त नगरपालिकालाई राजुदेबी मल्ल मेमोरियल ट्रष्टले आर्थिक सहयोग गरेको छ ।  उ

द्योग बाणिज्य संघ कंचनपुरका अध्यक्ष जंगबहादुर मल्लकि  कान्छीआमाको नामबाट स्थापना गरिएको राजुदेबी मल्ल मेमोरियल ट्रष्टले आर्थिक सहयोग गरेको हो । ट्रष्टको तर्फबाट अध्यक्ष मल्लले  भिमदत्त नगर पालीकाको बिपद व्यवस्थापन कोषलाई रु. १ लाख १० हजार रुपैयाको चेक हस्तान्तरण गरि आर्थिक सहयोग गरेका हुन ।  

उनले आफ्नि  कान्छी आमाको नामबाट संचालित ट्रष्टको  तर्फबाट रु.१ लाख १० हजार रकम बराबरको चेक हस्तान्तरण गरेका छन। आइतबार अध्यक्ष मल्लले भिमदत्त नगरपालिकाका  नगर प्रमुख सुरेन्द्र बिष्टलाई  रु.१ लाख १० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भइरहेको बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको अध्यक्ष मल्लले बताएका छ्न  ।

अध्यक्ष मल्लले केही दिन अघि  देशभर लागू भएको लकडाउनका कारण काठमाण्डौको किर्तिपुरमा खाद्यान्नको अभाव भइ समस्यामा रहेका ५० जना विद्यार्थीहरुको लागि खाद्यान्नको व्यवस्था गर्नुका साथै  बेदकोट नगरपालिकाको बिपद व्यवस्थापन कोषलाइ आफ्नो व्यक्तिगत तर्फबाट र.५१ हजार रकम बराबरको चेक हस्तान्तरण गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेका थिए ।