बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सृजित लकडाउन का कारण मारमा परेका बिपन्न बर्गलाइ धनगढी स्थित शारदा राइस मिलले आर्थिक सहयोग गरेको छ । मिलमा कार्यरत कर्मचारीहरुको एक महिना को तलबको दश प्रतिशत रकमबाट हुन आऊने रु १९२०० रकम मिलका सञ्चालक राहुल गुप्ताले धनगढी उपमहानगरपालिका का प्रवक्ता सन्तोष मुडभरी लाइ हस्तान्तरण गर्नुभयो । साथै मिलले बिभीन्न वडाहरुमा बिपन्नको सहायताले लागि खाध्यान्न पनि बितरण गरेको सञ्चालक गुप्ताले बताउनुभयो ।