स्पेनमा २४ घण्टामा कोरोनाले ४१० को मृत्यु, ४ हजार २५८ संक्रमित

स्पेनमा २४ घण्टामा कोरोनाले ४१० को मृत्यु, ४ हजार २५८ संक्रमित

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ ।

सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् ।

७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८६४ जना उपचाररत छन् ।