कोरोनाबाट मर्नेको संख्या १ लाख ६५ हजार नाघ्यो, कहाँ कतिको मृत्यु ?

कोरोनाबाट मर्नेको संख्या १ लाख ६५ हजार नाघ्यो, कहाँ कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्ममा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख १ हजार ३ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ७५ हजार ४ सय ६९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट अमेरिकामा २५ हजार ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ७ लाख ५५ हजार ५ सय बढि ब्यक्ति संक्रमित भएका छन् भने ४० हजार ६ सय ६१ को मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५८ जना संक्रमित भएका छन् भने ४ सय १० जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ९६ हजार ६ सय ६४ बढि ब्यक्ति संक्रमित भएका छन् भने २० हजार ४ सय ५३ ब्यक्तिको मृत्यु भएको छ ।

इटालीमा बितेको २४ घण्टामा ३ हजार ४७ जना संक्रमित थपिदा ४ सय ३३ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ७८ हजार ९ सय ७२ ब्यक्ति संक्रमित भएका छन् भने २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ५४ हजार ९७ पुग्दा मृतकको संख्या १९ हजार ७ सय ४४ पुगेको छ । जर्मनीमा १ लाख ४५ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा संक्रमितको संख्या १ लाख २१ हजार १ सय ७२ पुगेको छ भने मृतकको संख्या १६ हजार ९५ पुगेको छ । बेल्जियममा ३८ लाख ४ हजार ९६ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा ८२ हजार २ सय ११ जना संक्रमित हुँदा ५ हजार १ सय १८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३८ हजार ६ सय ५४ जना संक्रमित हुँदा २ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० संक्रमित थपिएसँगै संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ । मृतकको संख्या ५ सय ५९ नाघेको छ ।