साउदी, कतार र मलेसियामा यस्तो छ कोरोनाको अवस्था

साउदी, कतार र मलेसियामा यस्तो छ कोरोनाको अवस्था

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ६४ हजार ४९ जनाको मृत्यु भएको छ ।

भने हालसम्म विश्वभर २३ लाख ८६ हजार ४ सय ७८ जना मानिसमा कोरोना संक्रमण भएको र ६ लाख १३ हजार ३ सय ६७ जना मानिस उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ५४ हजार ३ सय ४१ जनाको अवस्था गम्भिर रहेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको खाडी मुलुक साउदी अरबमा हालसम्म कोरोनाको कारण ९७ जनाको मृत्यु भइसकेको र आजमात्र ५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म त्यहाँ ९ हजार ३ सय ६२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

त्यस्तै अर्को खाडी मुलुक कतारमा कोरोनाको कारण हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । भने ५ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको र आज मात्र ४४० जना कोरोनाका नयाँ बिरामी देखा परेका छन् ।

त्यस्तै युनाईटेड मलेसियामा हालसम्म ५ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । भने ८४ जना नयाँ संक्रमित आज मात्र फेला परेका छन् । त्यस्तै ८९ जना मानिसहरुले कोरोना कै कारण ज्यान गुमाइसकेका छन् ।