साँढेको अन्तिम संस्कारमा २०० मलामी !

साँढेको अन्तिम संस्कारमा २०० मलामी !

हाम्रो संसार अनौठो रहस्यले भरिएको छ । बला बेला अचम्मका रहस्यहरु हामी देख्दै आएका छौँ । कोरोना भाइरसको यो महामारीका बेला अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेका छन् । यसबेला एउटा घटना अत्याधिक भाइरल बनिरहेको छ ।

यसैबीच भारतको तमिलनाडुस्थित मदुरैमा मूली नामक साँढेको मृत्यु भएपछि २०० जना मानिस मलामी गएको अनौठो खबर सार्वजनिक भएको छ।

उक्त साँढेले दौड प्रतियोगिताहरू जित्ने गरेको र उसलाई भगवानको दर्जा दिएर पूजा गर्ने गरेकाले साँढेको मृत्युमा २०० भन्दा धेरै मलामीहरु अन्तिम संस्कारका लागि लकडाउन तोडेर निस्किएका छन् ।

मूली बूढो भएपछि मरेको र उसको सम्मानका लागि मानिसहरू मलामी गएका साथै साँढेको भव्य अन्त्येष्टि समारोह आयोजना गरिएको भारतीय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेका छन् ।