भारतमा २ जना साधुको कुटेर हत्या, ११० जना पक्राउ

भारतमा २ जना साधुको कुटेर हत्या, ११० जना पक्राउ

भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ । महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो ।

गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालकलाई केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।