क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु

क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु

क्यानडामा बन्धुकारीको अन्धाधुन्ध गोली प्रहारबाट १३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार राति क्यानडाको नोभास्कोसा प्रान्तमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी पनि मारिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ ।

प्रहरीको जस्तै बर्दी लगाएको बन्दुकधारीले चलाएको गोली लागेर रोयल क्यानडियन प्रहरीकी भेट्रान २३ वर्षीया होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ भने अर्का एक जना प्रहरी घाइते भएका छन् ।

क्यानडियन प्रहरीकाअनुसार पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड हो ।