कोरोना भाइरस महामारीको समयमा समर्थन देखाउन फेसबुकको नयाँ ‘हग’ रियक्सन

कोरोना भाइरस महामारीको समयमा समर्थन देखाउन फेसबुकको नयाँ ‘हग’ रियक्सन

कोरोना भाइरस महामारीको समयमा परिवार तथा साथिलाई समर्थन देखाउनको लागि फेसबुकले नयाँ ‘हग’ रियक्सनको सुविधा थपेको छ ।

यो भन्दा अगाडी मानिसहरुले सोही उदेश्यको लागि ‘लभ’ रियक्सनको प्रयोग गर्ने गरेका थिए । तर अब हग रियक्सनले मानिसहरुलाई कोरोना भाइरसको संकटमा समर्थन देखाउन लागि थप मार्ग दिने फेसबुकको विश्वास रहेको छ ।

फेसबुकले म्यासेन्जरमा भने हग रियक्सन प्रयोग गर्ने छैन । तर यसको साटो म्यासेन्जरमा पर्पल रङको मुटको इमोजी प्रयोग हुनेछ ।

म्यासेन्जरमा पर्पल रङको हर्ट अर्थात मुटको इमोजी प्रयोग गर्न म्यासेजमा केही बेर प्रेस गर्नुपर्ने हुन्छ । त्यसपछि यस इमोजीको प्रयोग गर्न सकिन्छ ।