दुई लाख ग्राहकलाई टेलिकमले निःशुल्क सेवा दिने, हेर्नुहोस् कुन-कुन सेवा !

दुई लाख ग्राहकलाई टेलिकमले निःशुल्क सेवा दिने, हेर्नुहोस् कुन-कुन सेवा !

नेपाल टेलिकमले झण्डै २ लाख ग्राहकलाई निःशुल्क रुपमा भ्वाईस, एसएमएस र डाटा सुविध दिने भएको छ । सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि ग्राहकलाई सो सुविधा दिन लगेको टेलिकमले जनाएको छ । 

सो सुविधा आज राती १२ बजेदेखि लागू हुने जनाइएको छ । यसका लागि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले टेलिकमलाई निर्देशन दिएका थिए । 

टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने जनाएकाे छ ।  

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने:

a. २५ वटा अन-नेट एसएमएस

b. ५० मिनेट अन-नेट भ्वाइस

c. १०० एमबी डाटा

d. प्याकेजको अवधि ७ दिनको हुने

२. सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।

३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने ।

४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने ।

५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने ।

६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने ।