अमेरिकामा कोरोनाभाइरसले एकै दिन १ हजार ९३९ जनाको मृत्यु

अमेरिकामा कोरोनाभाइरसले एकै दिन १ हजार ९३९ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मंगलबार विहान समाचार तयार पार्दासम्म १ हजार ९३९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४२ हजार ५१४ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार १२३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९२ हजार ७५९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७२ जार ३८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ९५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ७७ हजार८५६ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।