स्पेनमा कोरोनाले २० हजारको मृत्यु, २ लाख भन्दाबढी संक्रमित

स्पेनमा कोरोनाले २० हजारको मृत्यु, २ लाख भन्दाबढी संक्रमित

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९८ लाख ७७१ जना उपचाररत छन् ।