कोरोना भाइरसले अमेरिकामा २४ घण्टामा १ हजार ९ सय बढीको मृत्यु

कोरोना भाइरसले अमेरिकामा २४ घण्टामा १ हजार ९ सय बढीको मृत्यु

करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ९०८ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा मंगलबार विहान साढे ५ बजेसम्म कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४२ हजार ४८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ७७ हजार ६४६ जनामध्ये १३ हजार ९४६ को अवस्था गम्भीर रहेको छ ।