चर्चित कार्टुन 'टम एन्ड जेरी' का निर्देशक डिचको निधन

चर्चित कार्टुन 'टम एन्ड जेरी' का निर्देशक डिचको निधन

ओस्कार विजेता अमेरिकी फिल्म निर्देशक, निर्माता र एनिमेटर जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको छ।

चेक गणतन्त्रको राजधानी प्रागस्थित आफ्नै अपार्टमेन्टमा बिहीबार उनी मृत भेटिएका हुन्। उनी चेक गणतन्त्रमा श्रीमती एवम् एनिमेटररनिर्माता जेन्का नाज्मानोभासँग बस्दै आएका थिए।

सन् १९२४ अगस्ट ८ मा अमेरिकाको सिकागोमा जन्मिएका डिचले १९५९ मा प्राग भ्रमणमा जाँदा जेन्कालाई भेटेका थिए। केवल १० दिनका लागि प्राग गएका उनी जेन्कासँग प्रेम सम्बन्ध झाङ्गिएपछि अमेरिका छाडेर उतै बसोबास गर्न थालेका थिए। उनीहरुले सन् १९६४ मा विवाह गरेका थिए।

६ दशक लामो फिल्मी करिअरमा डिच तीन वटा एकेडेमी अवार्डका लागि मनोनयनमा परेका थिए। सन् १९६० मा फिल्म ुमुनरोु बाट उनले उत्कृष्ट एनिमेटेड सर्ट फिल्म विधातर्फको ओस्कार जितेका थिए।

उनले चर्चित कार्टुन शृङ्खला ुटम एन्ड जेरीु र ुपोपाय द सेलरु का धेरै भागको समेत निर्देशन गरेका थिए। डिचले ुटम एन्ड जेरीु का १५ भागको निर्देशन गरेका थिए।