चमेरोमा भेटिए ६ नयाँ भाइरस

चमेरोमा भेटिए ६ नयाँ भाइरस

कोरोना भाइरसको महामारीसँग अहिले सारा विश्व लडिरहेको छ । यसैबीच वैज्ञानिकहरुको एक टिमले चमेरोमा ६ नयाँ भाइरस पत्ता लगाएका छन् ।

भारतको हिमाञ्चल प्रदेश, केरल, तमिल्नाडु र पुद्दुचेरीबाट ५८६ नमुना लिइएको थियो । उक्त नमुनाबाट म्यान्मारमा वैज्ञानिकको एक टिमले अनुसन्धानबाट चमेरोमा ६ नयाँ भाइरस पाइएको हो ।

अनुसन्धान म्यान्मारको जमिनको प्रयोगपछि बदलिएको ठाउँ र विकासबाट मानिसहरुको स्थानीय वन्यजन्तुको सम्पर्कमा आउने सम्भावना रहेको ठाउँमा गरिएको थियो ।

सन् २०१६ देखि सन् २०१८ सम्ममा वैज्ञानिकहरुले ७५० भन्दा धेरै चमेराको नमुना लिएका थिए । यसै क्रममा वैज्ञानिकहरुले चमेराको नमुनाबाट कोरोना भाइरसका ६ नयाँ विषाणुहरु पत्ता लगाएका छन् ।

अनुसन्धान कर्ताहरुका अनुसार नयाँ कोरोना भाइरस सार्स, मर्स र कोभिड १९ भन्दा बिल्कुलै फरक छन् ।