सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित सञ्चो भएर घर फिर्ता

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित सञ्चो भएर घर फिर्ता

धनगढी : सुदूरपश्चिमको पहिलो कोरोना संक्रमित ३४ वर्षीय अमृत शाही पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन । २८ दिन लामो उपचारपछि निको भएका शाहीलाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका कोरोना संक्रमित अमृत शाही २८ दिन लामो उपचारपछि सञ्चो भएर आज घर फर्केका हुन् । तीनदिनपछि उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिभिट आएयता उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा उपचार गराई रहेका थिए ।

त्यसपछि लगातार तीन वटा रिपोर्ट पोजिटिभ आएका शाहीका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा.जगदिश जोशीले बताए ।