भारतबाट फर्किएका कैलालीका युवामा देखियो कोरोना पोजेटिभ

भारतबाट फर्किएका कैलालीका युवामा देखियो कोरोना पोजेटिभ

डडेल्धुरा : भारतबाट फर्किएका कैलालीका एक युवकमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा आरडिटी एन्टीबडी पोजेटिभ देखिएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

भारतको पुनेमा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए। घर फर्किएदेखि नै उनी होम क्‍वारेन्टाइनमा बस्दै आएको बुझिएको छ।