नेपालमा आज एकैदिन १० जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

नेपालमा आज एकैदिन १० जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

नेपालमा मङ्गलबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । उदयपुरमा थप १० जनालाई आज एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो छ ।

यसअघि मङ्गलबार नै उपयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो । योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।