बाजुरामा थप १ जनामा -यापिड टेस्टमा कोरोना पोजेटिभ

बाजुरामा थप १ जनामा -यापिड टेस्टमा कोरोना पोजेटिभ

बाजुरा : बाजुराको बुढिगगा नगरपालिकामा १ जनामा -यापिड (आरडीटी) टेष्टमा पोजेटीभ देखिएको छ । ¥यापिड टेष्ट गर्ने क्रममा तिन पटक चेक गर्दा पोजेटिभ देखिएपछि आइसोलेसन कक्षमा राख्नका लागि जिल्ला अस्पताल बाजुरा ल्याइदै गरीएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजन दिपक बिक्रम शाहले बताए । पोजेटिभ देखीएकि १८ बर्षिय युवती चैत १५ गते माओली घर अछामबाट आएको बुझिएको छ ।

जिल्ला अस्पताल बाजुरामा आइसोलेसनमा राखेर स्वाव सकलन गरेर पिसिआरका लागि धनगढि पठाइने भएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । पिसिआरको रिपोर्ट नआउदा सम्म बोल्न नहुने बताए ।

केहि दिन पहिला मात्र भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको थियो । उनिहरु दुबैजनाको स्वाब सकलन गरेर पिसिआरका लागि धनगढि पठाइसकेको छन् । एकजनालाइ बाजुरामा आइसोलेसनमा राखिएको छ भने एकजना तोलि क्वारेनटाइनमा राखिएको छ ।