कोरोनाबाट पछिल्लो चौबिस घण्टामा ७ हजार बढीको मृत्यु, ७६ हजार बिरामी थपिए

कोरोनाबाट पछिल्लो चौबिस घण्टामा ७ हजार बढीको मृत्यु, ७६ हजार बिरामी थपिए

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो चौबिस घण्टामा विश्वमा ७ हजार बढीको मृत्यु भएको छ भने करिब ७६ हजार नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबार विश्वभर ७ हजार ४१ जनाको ज्यान कोरोना भाइरस संक्रमणका कारण गएको छ। सोही दिन विश्वभर ७५ हजार ९ सय १८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।

नेपालमा मंगलबार मात्र ११ जनामा कोरोना भाइरस संक्रमण दखिएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ, जसमध्ये ४ जना निको भएपछि अस्पतबाट घर फर्केका छन्।

मंगलबार सबैभन्दा बढी कोरोना भाइरसका बिरामी र मृत्यु हुने संख्या अमेरिकामा देखिएको थियो। अमेरिकामा मंगलबार कोरोना भाइरसका कारण २ हजार ८ सय २ जनाले ज्यान गुमाएका थिए भने २७ हजार ४६ जना नयाँ संक्रमित अस्पताल पुगेका थिए।

स्पेनमा मंगलबार ३ हजार ९ सय ६८ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ४ सय ३० जनाको मृत्यु भएको थियो। इटालीमा मंगलबार २ हजार ७ सय २९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन इटालीमा कोरोनाकाट ५ सय ३४ जनाको मृत्यु भएको थियो।

फ्रान्समा २ हजार ६ सय ६७ जना कोरोना भाइरसक नयाँ संक्रमित देखिएको दिन मंगलबार त्यहाँ ५ सय ३१ जनाले ज्यान गुमाएका थिए। जर्मनीमा मंगलबार १ हजार ३ सय ८८ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए। सोही दिन जर्मनीमा २ सय २४ जनाको मृत्यु भएको थियो।

बेलायतमा मंगलबार ४ हजार ३ सय १ जनामा कोरोना भाइरसका नयाँ थपिए जहाँ सोही दिन ८ सय २८ जनाको ज्यान कोरोनाले लियो। टर्कीमा मंगलबार ४ हजार ६ सय ११ जना नयाँ बिरामी देखिएका थिए भने १ सय १९ जनाको मृत्यु भएको थियो।

इरानमा १ हजार २ सय ९७ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए भने ८८ जनाको मृत्यु भएको देखिन्छ। रुसमा ५ हजार ६ सय ४२ जना कोरोनाका नयाँ बिरामी मंगलबार थपिएका थिए। सोही दिन रुसमा ५१ जनाको मृत्युको कारण कोरोना भाइरस बन्यो।

ब्राजिलमा मंगलबार २ हजार ३ सय ३६ जना कोरोनाका नयाँ बिरामी देखिए भने १ सय ५४ जनाको मृत्यु भयो। बेल्जियममा मंगलबार कोरोना भाइरसका कारण १ सय ७० जनाले ज्यान गुमाएका थिए। सोही दिन बेल्जियममा ९ सय ७३ जना नयाँ संक्रमित थपिए।

क्यानाडामा मंगलबार थप १ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोही दिन क्यानाडामा १ सय ४४ जनाको मृत्यु भएको थियो। नेदरल्याण्ड्समा मंगलबार ७ सय २९ जना नयाँ बिरामी अस्पताल पुगेका थिए भने १ सय ६५ जनाको मृत्यु भएको थियो।