यी १० कारण देखाउँदै विज्ञ भन्छन् : कोरोनाविरुद्ध आशाका किरण देखिएको छ

यी १० कारण देखाउँदै विज्ञ भन्छन् : कोरोनाविरुद्ध आशाका किरण देखिएको छ

कोरोना भाइरस संक्रमण विरुद्ध आशाका किरण देखिएको जनस्वास्थ्य विज्ञहरूले बताउन थालेका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाविरुद्ध आशाका किरण देखिन थालेको बताएका हुन् । 

सामाजिक सञ्जालमा विभिन्न १० कारण उल्लेख गर्दै उनले कोरोनाको चक्रबाट विश्व छिट्टै मुक्त हुने बताएका छन् । 

यी १० कारण जसले कोरोनाविरुद्ध आशाका किरण देखाउँछ 
..
कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् । सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ । त्यस्तै औषधि उपचारमा एकरुपता ल्याउन बिश्व स्वास्थ्य संगठनले Promising drugs for Covid-19 को Listing गरेको छ । आशा छ, विश्वको सामुहिक प्रयत्नले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्नेछ । यो लेखमा केहि आशाका किरणहरु बुँदागत रुपमा उल्लेख गरिएको छ ।
– लकडाउन र सामाजिक दुरी बिभिन्न देशमा कोरोना नियन्त्रणको लागि अचुक अस्त्र बनेको छ । हामील सुरक्षित उपायका उपायमा अभ्यस्त भइरहेका छौं । जस्तै: हात नमिलाउने, ह्याण्ड स्यानिटाइजरले हात सफा गर्ने, साबुनपानीले हात धुने, मुहारमा नछुने, खोक्दा तथा छ्युं गर्दा कुहिनामा गर्ने आदि । जसले संक्रमणको चेन तोड्न ठूलो मद्दत गरेको छ ।

– जापानी इन्फ्लुएन्जा, स्वाइन फ्लु, इबोला, मलेरिया, एचाइभी / एड्स, निमोनिया आदि रोगमा प्रयोग भएका बिभिन्न औषधि कोरोना संक्रमणमा प्रभावकारी देखिएका छन् ।

– परिक्षण, क्वारेन्टाइन र आइसोलेसनले गर्दा कोरोना संक्रमणबाट सिकिस्त हुने बिरामी २० % बाट घटेर ४ % मा आएका छन् ।

– कोरोना संक्रमणबाट निको भएका व्यक्तिको plasma संक्रमितमा चढाएर ( plasma Transfusion ) कोभिड – १९ लाई परास्त गर्ने विधिको अनुसन्धान भइरहेको छ ।

– विश्व स्वास्थ्य संगठनले The four most promising therapies भनेर एन्टीभाइरल कम्पाउण्ड Remdesivir, एन्टी मलेरियल औषधि chloroquine तथा hydroxychloroquine र एचाइभी एड्समा प्रयोग भएका दुई औषधिको Combination lopinavir र ritonavir तथा interferon-beta, an immune system messenger जसले भाइरसलाई प्यारालाइज गर्छ, यी ४ औषधिलाई हालसाल कोभिड-१९ मा प्रभावकारी बताएको छ ।

– Anti-Tuberculosis therapy , BCG Vaccine, IV antibiotics पनि कोरोना संक्रमणजनित निमोनियामा बिभिन्न देशमा प्रभावकारी देखिएका छन् ।

– रोग प्रतिरोध क्षमता बढाउने उपायबारे जनचेतना बढेको छ । मान्छेहरु आफ्नो क्षमता र उपलब्धता अनुसार पोषिलो खाना खाने, व्यायाम गर्ने, ८ घण्टाभन्दा धेरै सुत्ने, योग तथा ध्यान गर्ने, बिभिन्न हर्ब्स सेवन गर्ने लगायत गरिरहेका छन् । त्यस्तै भिटामिन सि, जिंक, ग्रिन टि, भिटामिन डी ३ लगायतका सप्लिमेन्टले कोरोना संक्रमण बिरुद्धको युद्ध सजिलो बनाएका छन् ।

– खोप आउन १८ महिना लाग्छ भनेकोमा अमेरिकाको Pzfier कम्पनीले जर्मनीसंगको सहकार्यमा ६ महिनामा करोडौंको मात्रामा mRNA vaccine designed to induce immunity and prevent COVID-19 infection खोप निर्माण गर्ने अभियानमा लागेको छ । त्यस्तै Oxford University को Sarah Gilbert, not the one on Rosanne but a professor of vaccinology ले सेप्टेम्बरसम्म खोप ल्याउने ८० % विश्वस्त रहेको बताएको छ । खोपको अनुसन्धान दर्जनौं देशका हजारौं प्रयोगशालामा भइरहेको छ । खोप निर्माणमा एक किसिमको प्रतिष्पर्धा नै भइरहेको छ ।

– संक्रमण ब्यापक भएका क्षेत्रका नागरिकमा तथा अन्य संक्रमित व्यक्तिमा हर्ड इम्युनिटी बिकास हुने भएकोले उनीहरु निस्फिक्री काममा जानेछन । छिटो वा ढिलो यो भाइरससंग हामी जम्काभेट भएर यसलाई परास्त गर्नु नै छ: खोपको रुपमा, हर्ड इम्युनिटीको रुपमा वा संक्रमणको रुपमा ।

– चीनले आफ्नो परम्परागत चिकित्सा प्रणालीबाट धेरै संक्रमित लाभान्वित भएको बताएको छ । भारतको आयुष मन्त्रालयले बिभिन्न जडिबुटीमा अनुसन्धान गरिरहेको छ । त्यस्तै बिभिन्न देशका आफ्ना परम्परागत चिकित्सा प्रणालीमा अनुसन्धान भइरहेको छ । यो अनुसन्धानलाई क्लिनिकल ट्रयालको तथ्यसहित गाइडलाइन आउनेछ ।