युवा नेता अरुण कुवरले गरे मजदुर र यात्रुलाई १ लाख बराबरको सहयोग

युवा नेता अरुण कुवरले गरे मजदुर र यात्रुलाई १ लाख बराबरको सहयोग

धनगढी : लकडाउनका कारण पैदल नै हिडेर हप्तौ दिन लगाएर आफ्नो घर फिर्ता हुने मजदुर यात्रुहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेता अरुण कुवरले सहयोग गरेका छन ।

काठमाण्डौ सहित देशका विभिन्न ठाउँबाट चिसापानी हुदै आफ्नो गन्तव्य तिर जाने यात्रुहरुको लागी उनले व्यक्तिगत १ लाख बराबरको विभिन्न खाद्य सामाग्री सघंका तर्फबाट चिसापानीमा रहेको प्रहरी चौकी लाई हस्तान्तरण गरेका हुन ।

लकडाउनका बेला पैदल हिडेर लामो गन्तव्यमा निस्किएका मजदुर र यात्रीहरुको पिडामा राहत होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको युवा नेता कुवरले जानकारी दिए ।

उनले १ लाख रुपिया रकम बराबरको  भुजा, चाउचाउ, बिस्कुट र खाने पानी बोतल लगाएतका सामाग्री सहयोग गरिएको बताए ।