र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

र्‍यापिड टेस्टमा कोरोना संक्रमणको संकेत देखिएका २ जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा रहेको दुईजना नर्सको पीसीआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जना नर्सको कोराना नेगेटिभ आएको शुक्रराज अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए । दुवै जनाको रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेकको अस्पतालका निर्देशक डा भण्डारीको भनाइ छ ।

केन्द्रीय कारागारमा कार्यरत दुवै नर्सको मंगलबार र्‍यापिड डाइग्रोस्टिक टेस्ट आरडीटीका क्रममा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

आरडीटीमा कोरोना संक्रमणको संकेत देखिए पछि उनीहरुलाई शुक्रराज अस्पताल भर्ना गरी थ्रोड स्वाबको नमूना संकलन गरी हिजो नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले केही समय अघि उनीहरुको परीक्षण सकिएको र दुवै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएपछि अस्पतालले दुवै नर्सलाई डिस्चार्ज गर्न लागेको अस्पतालका निर्देशक डा भण्डारीले जानकारी दिए ।