कैलालीमा लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने एकजना पक्राउ

कैलालीमा लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने एकजना पक्राउ

धनगढी : लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका वर्ष २० का केशव चौधरीलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनले चैत्र २० गते कैलारी गा.पा. ८ को पृथ्वीपुर मोहना वजारस्थित रुभान फेन्सी पसलवाट लुगा ,कपडा, नगद ,चेक ,पासवुक, गरी जम्मा ५३ हजार ७५० र कविर एण्ड राज ट्रेडर्स वाट मोवाईल, राउटर गरि ४९१५० रुपैया वरावरको सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धान चोरीएका सवै सामानसहित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।