कैलालीमा महिलालाई गाली गलौच गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ

कैलालीमा महिलालाई गाली गलौच गरी कुटपिट गर्ने बुवाछोरा पक्राउ

धनगढी : कैलाली प्रहरीले महिलालाई कुटपिट तथा गालीगलौज गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका-१३ बस्ने ५१ वर्षीय नन्द किशोर कलौनी र  उनका २४ वर्षीय छोरा जगदिशलाई पक्राउ गरेको हो।

उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गालीगलौजसँगै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले स्थानीय गुमला चन्द र उनका छोरीहरु अनुता र ज्योतीलाई गालीगलौज गरी कुटपिट गर्दा टाउको र हातमा समेत चोट लागेको कैलाली प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

बाबु छोरालाई पक्राउपछि म्याद थप गरी अनुसन्धान भइरहेको र पीडितहरुको उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए।