सेती अस्पतालमा उपचाररत कञ्‍चनपुरका कोरोना संक्रमितको रिपोर्ट ‘नेगेटिभ’

सेती अस्पतालमा उपचाररत कञ्‍चनपुरका कोरोना संक्रमितको रिपोर्ट ‘नेगेटिभ’

धनगढी : सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित एक पुरुषको एउटा रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट ‘नेगेटिभ’ आएको हो।

सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो।

अर्को परीक्षणमा पनि उनको रिपोर्ट ‘नेगेटिभ’ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।