शसस्त्र प्रहरीद्धारा ४ चारलाख बराबरको अवैध मालसामान पक्राउ

शसस्त्र प्रहरीद्धारा  ४ चारलाख बराबरको अवैध मालसामान पक्राउ

धनगढी । कैलालीका विभिन्न क्षेत्रहरुमा शनिवार शसस्त्र प्रहरीको टोलीले अवैध रुपमा ल्याइदै गरेको मालसामान नियन्त्रणमा लिएको छ ।

३४ नम्बर गणबाट गएको गस्ती टोलीले धनगढी उपमहानगरपालिकाका वडा नम्बर २ र १९, टिकापुर नगरपालिकाको वडा नम्बर ९ लगायतका इलाकाहरुबाट ६ थान एलइडी का साथै हाडएवयरका सामान, इलेकट्रोनिक्सका सामान सहित करिव ४ लाख बराबरका सामान नियन्त्रणमा लिइएको जनाएको छ ।

नियन्त्रणमा लिइएको सबै मालसामान कैलाली भन्सार कार्यालयमा बुझाइएको शसस्त्र प्रहरी  नायव निरिक्षक किशन सिहं टेरले जनाउनु भएको छ ।