दोलखाको जफेतर्फ जाँदै गरेको मिनिबस दुर्घटना, १८ जना घाइते

दोलखाको जफेतर्फ जाँदै गरेको मिनिबस दुर्घटना, १८ जना घाइते

रामेछाप,- मन्थली नगरपालिका(६ कुनौरीस्थित सडकमा काठमाडौंबाट दोलखाको जफेतर्फ जाँदै गरेको बा।२ ख ६८१८ नम्बरको मिनी बस ब्रेक फेल भई बुधबार बिहान दुर्घटना हुँदा बसमा सवारमध्ये १८ जना घाइते भएका छन् । घाइतेहरुको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।