सेती अस्पतालबाट सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित युवक पनि निको भएर घर फिर्ता

सेती अस्पतालबाट सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित युवक पनि निको भएर घर फिर्ता

धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय कोरोना संक्रमित पुरुषलाई सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित  इन्द्र बिकको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

अब सेती प्रादेशिक अस्पतालमा दुई जना उपचाररत रहेका छन ।