ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा

ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा

६० दिनका लागि ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको छ । उनले गरेको उक्त घोषणासम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेसँगै अमेरिकामा स्थायी बसोबासको प्रकिया चालिरहेका आप्रबासीहरुले सबै प्रकिया पूरा नै भएपनि कम्तिमा अरु ६० दिन ग्रिन कार्ड पाउने छैनन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीले रोजगारी गुमाएका आफ्ना नागरिकको रोजगारी सुनिश्चित गर्न आप्रवासीहरुलाई अस्थायी रुपमा अमेरिका प्रवेशमा ६० दिनका लागि प्रतिबन्ध गरिएको उनले बताएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा भएको बुधबारको कोरोना भाइरस टास्क फोर्स ब्रिफिङमा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको पुनः दोहोर्‍याएका छन् ।