विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट

विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म १ लाख ८२ हजार २७० जनाको ज्यान गएको छ भने २२ लाख १० हजार ६९९ जनालाई संक्रमण भएको छ । त्यस्तै ७ लाख ६ हजार ४८१ जना निको भएका छन् ।

अहिलेसम्म विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ४६ हजार २३५ जनाको ज्यान गएको छ । भने ८ लाख ३० हजार ५७२ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ११ हजार ८२८ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ९१७ जनाको ज्यान गएको छ । त्यहाँ १४ हजार १६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २१ हजार ७१७ जनाको ज्यान गएको छ । भने २ लाख ८ हजार ३८९ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ४३५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार २११ नयाँ संक्रमित आज नै थपिएका छन् । त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २५ हजार ८५ जनाको ज्यान गएको छ । भने १ लाख ८७ हजार ३२७ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ३८४ञ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २१ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने १ लाख ५९ हजार ८७७ जनालाई संक्रमण भएको छ । त्यहाँ ५ हजार २१८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म ५ हजार २११ जनाको ज्यान गएको छ भने १ लाख ४९ हजार ७७१ जनालाई संक्रमण भएको छ । आज मात्रै जर्मनीमा १२५ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेलायतमा अहिले सम्म कोरोना भाइरसका कारण १८ हजार १०० जनाको ज्यान गएको छ । भने १ लाख ३३ हजार ४९५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४ हजार ४५१ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ७६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३७६ जनाको ज्यान गएको छ भने ९८ हजार ६७४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ८१४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ईरानमा अहिलेसम्म ५ हजार ३९१ जनाको ज्यान गएको छ भने ८५ हजार ९९६ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १ हजार १९४ नयाँ संक्रमित थपिएका छन् भने आज नै ९४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै चीनमा आज ३० जना कोरोना संक्रमित पाइएको छ । योसँगै चीनमा ८२ हजार ७८८ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै रुसमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कराण ५१३ जनाको ज्यान गएको छ भने ५७ हजार ९९९ जनालाई संक्रमण भएको छ । आज मात्रै रुसमा ५७ जनाको मृत्यु भएको छ भने ५ हजार २३६ जना नयाँ संक्रमित पाइएका छन् । त्यहाँ ७०० जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण २ हजार ९०६ जनाको ज्यान गएको छ भने ४५ हजार ७५७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २ हवा् ६७८ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहा १६५ जनाको ज्यान गएको छ । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको कारण ६ हजार २६२ जनाको ज्यान गएको छ । भने ४१ हजार ८८९ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २६४ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ९३३ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसका कारण ४ हजार ५४ जनाले ज्यान गुमाएका छन् । भने ३४ हजार ८४२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १३८ जनाको ज्यान गएको हो भने आज नै ७०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा अहिले सम्म कोरोना भाइरसका कारण १ हजार ९३७ जनाको ज्यान गएको छ । भने १६ हजार ४ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १७२ जनाको ज्यान गएको छ भने ६८२ जना संक्रमण आज मात्रै थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसका कारण ८५७ जनाको मृत्यु भएको छ भने ९ हजार ५०१ जनालाई संक्रमण भएको छ । त्यहा आज मात्रै १४५ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ७२९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसका कारण ६५२ जनाले ज्यान गुमाएका छन् भने २० हजार ४७१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ७ जनाको ज्यान गएको हो भने, ३९१ नयाँ संक्रमित थपिएका छन् ।