लकडाउनले दिक्क बनेपछि यी ठूला व्यापारी बने डेलिभरी ब्वाई !

लकडाउनले दिक्क बनेपछि यी ठूला व्यापारी बने डेलिभरी ब्वाई !

कोरोना भाइरस फैलिनबाट रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु घरमै बसिराख्दा दिक्क भएका छन् ।

यसैबीच लकडाउनले दिक्क बनेका रुसका सर्जी नोचोभ्नी नामका एक व्यक्ति सफल ब्यापारी हुन् । ३८ वर्षका व्यापारी उनी कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछि दिक्क बेनेका थिए ।

लकडाउनले दिक्क बनेपछि उनको मनमा बाहिर निस्किन मन लाग्यो । आफ्नो मनलाई शान्त गर्नको लागि उनले अनौठो तरिका अपनाए ।

उनले डेलिभरी ब्वाई बनेर बाहिर निस्किने ठाने र दैनिक २० किलोमिटर यात्रा गर्दै डेलिभरी गर्न शुरु गरे । उनले त्इसरी अहिले दिनमा १३ देखि २० डलर कमाउने गरेको वाशिंगटन पोस्टले बताएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी कन्स्लटलिङको बिजनेस गर्दछन् । र उनी वर्षको टर्न ओभर २ मिलियन डलर कमउँछन् ।

उनी भन्छन्, लकडाउनले बिजनेसमा केहि असर गरेको छैन, तर म फरक दृष्टीकोणमा आफ्नो अनुभव लिन चाहन्छु । म डेलिभरी गर्न जहाँ पुगेको छु उनीहरुले मलाई नोटिस गर्दैनन् । मात्र आफ्नो सामानमै ध्यान राख्ने गर्दछन् ।