कोरोना अपडेट अमेरिकामा दुई बिरालोमा देखियो कोरोना पोजेटिभ

कोरोना अपडेट   अमेरिकामा दुई बिरालोमा देखियो कोरोना पोजेटिभ

अमेरिकाको न्युयोर्क सिटीमा दुई घर पालुवा बिरालोमा कोरोना भाइरस देखिएको छ । बिरालोको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। 

सीडीसीका अधिकारीका अनुसार यी दुई बिरालो दुई फरक परिवारले पालेका हुन्। यो घटनापछि मानिसमा चिन्ता बढेको छ। अधिकारीका अनुसार कोरोना पोजेटिभ देखिएको पहिलो बिरालोको परिवारमा कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन।

उनीहरु बिरामी पनि भएका छैनन्। अधिकारीहरुले कोरोना संक्रमित परिवारबाटै बिरालोमा कोरोना सरेको आशंका गरेका छन्। यदि परिवारका सदस्यबाट नसरेको भए अन्य बाहिरी व्यक्तिबाट संक्रमण भएको हुनुपर्ने उनीहरुको तर्क छ। 

दोस्रो बिरालाको भने मालिकलाई कोरोना पोजेटिभ देखिएको थियो। यो घटनापछि सीडीसी र अमेरिकी कृषि विभागले मानिसहरुबाट कोरोना सरेको पुष्टि भइनसकेकाले घरमा पालेका जनावरहरुलाई तत्काल ननिकाल्न आग्रह गरेको छ।