संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता

संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी नेपालले संघीय संसद सचिवालयमा पार्टी एकता बारे जानकारी गराएको छ ।

विहीवार विहान निर्वाचन आयोग पुगेर पार्टी एकताको सहमति पत्र निर्वाचन आयोगमा दताए गराएको जनता समाजवादी पार्टी नेपालले आजै संसद सचिवालयमा पनि पार्टी एकताबारे जनाकारी गराएको हो ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र समाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता उपेन्द्र यादवले निवेदनमा हस्ताक्षर गरेका छन् ।

उक्त पत्र दर्ताका लागि तत्कालिन राजपाका नेता राजेन्द्र महतो संसद सचिवालय पुगेका थिए ।