एनसेलको कोसेली : डेटा, टक टाइम र एसएमएस उपहार स्वरुप पठाउन सकिने

एनसेलको कोसेली : डेटा, टक टाइम र एसएमएस उपहार स्वरुप पठाउन सकिने

आमाको मुख हेर्ने दिनको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोसेली अफर सार्वजनिक गरेको छ ।

यस कोसेली अफरमा एनसेलका प्रिपेड ग्राहकले टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवार तथा साथिभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।

कोसेली अफर अन्तर्गत ७५ मिनेट टक टाइम प्याक ६२.५७ रुपैयाँमा र ५५ मिनेट टक टाइम प्याक ३१.९२ रुपैयाँमा  उपहार दिन सकिनेछ । यी टक टाइम प्याक क्रमशः ३ दिन र ७ दिनसम्म एनसेल नेटवर्कमा उपयोग गर्न सकिन्छ । 

त्यस्तै ग्राहकले ६०० एमबी डेटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी तथा २०० एमबी नाइट डेटा) ४४.६९ रुपैयाँमा कोसेली स्वरुप उपहार पठाउन सक्ने छन् । यो डेटा प्याक ३ दिनको लागि मान्य हुनेछ ।

त्यसैगरी २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी) ९७.४ रुपैयाँमा ग्राहकले पठाउन सक्नेछन् । यो प्याक ७ दिनको लागि मान्य हुनेछ ।

एनसेल प्रयोगकर्ताले १ हजार एसएमएस मात्र २४.२६ रुपैयाँमा कोसेलीको रुपमा उपहार पठाउन सक्ने छन् । यो एसएमएस प्याक ३० दिनसम्म प्रयोग गर्न सकिने छ । माथिका यी सबै प्याकहरु बिहीबार देखि लागु हुनेछन् । 

कोसेली अफर उपहार स्वरुप पठाउन *१७१११# डायल गरी प्राप्त निर्देशन अनुसारको विकल्प छनोट गरी पठाउन सकिनेछ । एनसेल प्रयोगकर्ताले १७१११ डायल गरी यो अफरको बारेमा थप जानकारी लिन सक्ने छन् । 

उपहार वापतको शूल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिने र एनसेल कोसेलीबाट उपहार पठाउन थप सेवा शूल्क नलाग्ने कम्पनीले जनाएको छ ।