कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए

कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् ।  एकैदिन ५१६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ ।

एकै दिन २ हजार २३९ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार १८३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।