यो तस्विर स्थिर हो की हलचल ? वास्तविकता थाहा पाउदा तपाईको दिमाग हल्लाउछ

यो तस्विर स्थिर हो की हलचल ?  वास्तविकता थाहा पाउदा तपाईको दिमाग हल्लाउछ

यो तस्विर एक पटक हेर्नुहोस्, तपाईले के देख्नु भएको छ ? तस्विर स्थिर छ कि ? कुनै हलचल भईरहेको छ ? यो तस्विर हो कि कुनै भिडियो हो ? तर वास्तवमा यो तस्विर कुनै भिडियो नभई आँप्टिकल इल्यूजन अर्थात दृष्टिभ्रमको एक उत्कृष्ठ उदाहरण हो ।

यो तस्विर अहिले इन्टरनेटमा निक्कै भाइरल भईरहेको छ । अहिलेसम्म लाखौ मानिसले यसलाई शेयर गरेका छन् ।

सबैभन्दा पहिला यो तस्विर न्युरो वैज्ञानिक एलिस ब्रोवर्बले टिवटरमा शेयर गरेका थिए ।

उनि एक्सपेरिमेन्टल साइकोलोजिष्ट हुन् । मानिसको दिमागले कसरी काम गर्छ भनेर उनि अध्ययन गर्ने गर्दछन् । यो तस्विर मल्टीमिडिया आर्टिस्ट बाँ डीले बनाएका हुन् ।

यहा एउटा बल एउटा जालीजस्तो नेटमा घुम्दै गरेको देखिन्छ । तर यो कुनै पनि प्रकारको एनेमिसन वा GIF तस्विर होइन् ।

एलिसले भनेका छन्,‘यो सय प्रतिशत स्थिर तस्विर हो, यसलाई यसरी तयार पारिएको छ कि यसले हाम्रो दिमागलाई भ्रममा राखिदिन्छ । हामीहरुलाई लाग्छ कि यो घुमिरहेको छ ।’ 

बैज्ञानिक एसिलले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो एउटा शानदार भ्रम तब हुन्छ, जब V4 को क्षमता पुरा हुने वित्तिकै V5 आफ्नो काम शुरु गर्छ ।’ तर, यो V4 र V5 के हो र यसको यससग के सम्बन्ध छ भन्ने बहस पनि शुरु भएको छ ।

एलिस यसबारेमा भन्छन्,‘V4 दिमागको त्यो भाग हो, जसले हलचललाई सम्झिन्छ, जबकी V5 रंग र आकृतिलाई सम्झन्छ ।’ कलाकार बाँ डीले अन्य तस्विर पनि सार्वजनिक गरेका छन् ।